काठमाडौं । लोकप्रिय दुई पांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकलाई लक्षित गर्दै “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । हिजो (शनिवार) धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालिदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइडअन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए ।
कार्यक्रमअन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटिकर लोकेश ठकुरी लगायतको सहभागीता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारीसमेत मिलेको बताएका थिए ।
उनीहरुले भने ‘यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको चर्चित एवम् पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’ त्यस क्रममा उनीहरुले आ–आफ्नो तर्फबाट मन्तब्य राखेका थिए ।
टिभिएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समयमा बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया