माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

लोकपथ
117
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त वालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टप अप, इन्टरनेटको, बिजुली , खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानीलगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसैगरी, बैंकका ग्राहकहरुले मोको मार्फत ‘स्क्यान टू पे’ को माध्यमबाट एक हजार पाँच सय भन्दाबढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले भिसा, ‘अर्ली पे र युनियन पे’ सँग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको ‘क्यु आर’ बाटै भुक्तानी लिन सक्नेछन ।

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरु ल्याईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?