मेगा क्यापिटलद्वारा तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

लोकपथ
52
Shares

काठमाडौं । सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा मेगा क्यापिटल लिमिटेडले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल सावित गर्न सफल भएको जनाएको छ । सोही अनुसार यस वर्षको हरितालिका तीजको उपलक्ष्यमा नारी शसक्तिकरणका लागि क्यापिटलले छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान घोषणा गरेको छ ।

कम्पनीले नारीहरुले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पुर्‍याउने विश्वास कम्पनीले राखेको छ । आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा शेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा न्युनतम तीन लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहने कम्पनीको भनाइ छ ।

विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यो सेवा सुरक्षित रहने सम्भावना उच्च रहेको र उक्त सेवा २०७९ भाद्र १२ गते देखी असोज १२ सम्म लागू हुने कम्पनीले जनाएको छ । सेवामा एमएमसी पूर्ण रुपमा निशुल्क हुनेछ । सो सेवा आफुसँग भएको सेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिने छ । पिएमएसको सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट पनि बनाइदिईने मेगा क्यापिटलले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?