आउँदो असोज १ गते काठमाडौंमा ‘यमबुद्ध शान्ति दौड’ हुने

लोकपथ
70
Shares

काठमाडौं । आगामी असोज १ गते शनिवारका दिन यमबुद्ध फाउन्डेशनको आयोजनामा चर्चित र्‍याप ब्याटल तथा गायक स्व. यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा काठमाडौंमा “यमबुद्ध शान्ति दौड (र्‍याली)” कार्यक्रम हुने भएको छ ।

यमबुद्ध फाउन्डेशनले (आज) आईतवार पत्रकार सम्मेलन गर्दै सो कार्यक्रमको बारेमा जानकारी गराएको हो । फाउन्डेशनका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले शान्ति दौड कार्यक्रममा काठमाडौंका मेयर बालेन शाहसहित खेलकुद तथा सांगीतिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको समेत सहभागिता रहने जानकारी दिईन् ।

अध्यक्ष अधिकारीले देशमा शान्ति, सुव्यवस्था र विकासको कामना गर्दै शान्ति दौड कार्यक्रम गर्न लागिएको बताईन् । उनले भनिन् “हाम्रो चाहना देशमा शान्ति होस्, प्रगति होस् भन्ने नै हो । यमबुद्धले समाजमा गरेका योगदानहरुलाई आम युवापुस्ता र सबैमा चिनाउन यस किसिमको कार्यक्रम गरेका हौं । फाउन्डेशनले आगामी दिनहरुमा सामाजिक सेवाका कार्यहरुलाई तीव्रता दिनेछ ।”

कार्यक्रमको सुरुवात नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट सुरु भई त्यहीँ नै समापन हुनेछ । कार्यक्रममा काठमाडौंका मेयर शाहको विशेष उपस्थिति रहनेछ । कार्यक्रममा सहभागी हुन फाउन्डेशनले सबैमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?