अटोले स्कुटीलाई ठक्कर दिँदा बालिकाको मृत्यु

लोकपथ
65
Shares

बारा । उकालोमा एक्कासी पछाडितर्फ गुडेको अटोले स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार निजगढ नगरपालिका वडा नम्बर ७ की एक बालिकाको मृत्यु भएको छ । घटनामा स्कुटी चालकसहित थप २ जना घाइते भएका छन् ।

निजगढ नगरपालिका वडा नम्बर १० स्थित गुम्बा जाने पक्की सडकको उकालोमा स्थानीय वर्ष ४५ का अमरराज घिसिङ्गले चलाएको प्रदेश २ ०३–००१ स ३२२ नम्बरको अटो एक्कासी ब्याक भएपछि पछिपछिसँगै आउदै गरेको बागमती प्रदेश ३–०४ प ३९९७ नम्बरको स्कुटीलाई ठक्कर दिएपछि स्कुटीमा निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने शेखर पुलामीकी ७ वर्षीय छोरी सियाल पुलामीको मृत्यु भएको हो ।

बालकलाई पछाडि राखेर अटोको पछिपछि गुम्बातर्फ जाँदै गरेको अवस्थामा एक्कासी पछाडि गुडेको अटोले स्कुटीमा ठक्कर दिएको र बालक सियालसहित निजगढ ७ माझीटोल बस्ने बालकी फुपु सलिना पुलामी र स्कुटी चालक चितवन जिल्ला राप्ति नगरपालिका वडा नम्बर ४ घर भइ हाल निजगढमा डेरा गरेर बस्दै आएका अर्जुन पाठन घाइते भएका थिए ।

घाइते बालकको निजगढस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको र थप उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति ८ः२० बजे बालकको मृत भएको घोषणा गरेका थिए ।

प्रहरीले टम्पु चालक घिसिङ्ग, मृतक बालकी फुपु सलिना र स्कुटी चालक पाठकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

घटनाको बारेमा घाइते र पीडित कसैले पनि प्रहरीलाई खबर नगरेपछि प्रहरीले आफ्नै पहलमा घाइते सलिना र अर्जुनलाई आज बिहान नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिब ओलीले जानकारी दिए । घाइते दुवैको अवस्था सामान्य रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?