कोरोना अपडेट : २ सय २ जना नयाँ संक्रमित थपिँदा एकको मृत्यु

लोकपथ
13
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ६४ आरटी पिसिआर तथा १ हजार ७ सय ६९ एन्टीजेन गरि ३ हजार ८ सय ३३ जनामा गरिएको परीक्षणबाट २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ सय ६४ जना आरटी पिसिआर र ३८ जना एन्टीजेन विधिबाट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त अवधीमा १ जनाको ज्यान गएको छ ।

४ सय ६२ जना कोरोना संक्रमण मुक्त हुँदा ५१ हजार २ सय ३४ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल देशभरमा ३ हजार ३ सय १३ सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?