२१ माघ २०७९, शनिवार

काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजा भत्ता दिने

२०७९,भाद्र,१२,आईतवार १७:१३

270
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पुर्‍याइएको हो ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति: २०७९,भाद्र,१२,आईतवार १७:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक

काठमाडौं । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ

काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ । गोर्खाको

पाल्पा । पाल्पामा सवारी दुर्घटनामा परी आमा र छोराको ज्यान गएको छ । शनिबार बिहान पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै

ताजा समाचार