कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरुद्ध

लोकपथ
0
Shares

काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् ।

पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आज बिहान सवा ८ बजदेखि प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अबरुद्ध भएको छ । आज बिहान पौने १२ बजेदेखि पहिरो खसेर सडक अबरुद्ध भएको हो । पहिरो खसिरहेका कारण तत्काल हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?