मन्त्री श्रेष्ठ र राईद्वारा स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण

लोकपथ
42
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण गरेका छन् ।

आइतवार मन्त्रीद्वय राई र श्रेष्ठले उक्त क्षेत्रका सडकको निरीक्षण गरेका हुन् । यो सडकखण्ड चा नारायण थानलाई जोड्न महत्वपूर्ण भएकोले तोकिएको समयमा नै सक्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडक तोकिएके समयमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले मन्त्रालयले काम छिटो होस् भन्नका लागि आवश्यक कदम चाल्न आनाकानी नगर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका लागि पनि महत्वपूर्ण स्थान भएकोले यसलाई चाँडै काम सकेर पर्यटनको उत्थान गर्ने बताए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बढी सक्रियताका साथ काम गरे समय अगावै निर्माण सम्पन्न हुने बताए ।

उनले भने, ‘यो बाटोलाई छिटो भन्दा छिटो सम्पन्न गरेर अघि बढ्ने दिशामा मन्त्रालयको भूमिका रहनेछ, हामी यो सडकलाई बनाउन लागि परेका छौँ । तोकिएकै समयमा सडक निर्माण कार्य हुन्छ भन्ने आशा छ ।’

यातायातमन्त्री राईले चार नारायण थानलाई जोड्ने यो मार्ग महत्वपूर्ण भएको बताए । उनले निर्माणका लागि दिइएको समय ४ महिना सकिसकेको र अब १४ महिना मात्रै बाँकी रहेको भन्दै समयमै काम सकिने प्रतिवद्धता जनाए । उनले सडक निर्माणका लागि छुटेका कुरालाई पनि समावेश गरेर समय भन्दा अगावै काम सम्पन्न गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘चार नारायण थानलाई जोड्ने यो मार्ग एकदमै महत्वपूर्ण क्षेत्र हो । ४ महिना बितिसकेको छ बाँकी १४ महिनामा नै मन्त्रालयले बाँकी काम सम्पन्न गर्नेछ भन्ने प्रतिवद्धता जनाउँछु । छुटेका कुराहरुलाई पनि समावेश गरेर समय भन्दा अगावै काम सम्पन्न गर्न मन्त्रालय प्रतिवद्ध छ ।’

सडक निर्माण हुन नसक्दा इचंगुनारायणमा लाग्ने मेलामा पनि विभिन्न समस्या भएको स्थानीयहरुको गुनासो छ । उनीहरुले सडक निर्माणको काम समयमै नहुँदा तोकिएको समयमा नै काम सकिनेमा आशंका उब्जिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?