पिपुल्स पावरको सेयर बाँडफाँट, दुईजनाले पाए समान ११ कित्ता

लोकपथ
13
Shares

काठमाडौं । पिपुल्स पावर कम्पनीको साधारण सेयर आज (आइतवार) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतवार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा ७ दशमलव ९३ गुणा बढी १५ लाख ५१ हजार ४ सय १३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट दुई लाख २९ हजार ४ सय ६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको थियो।

यसमध्येबाट दुईजनाले भने प्रतिव्यक्ति ११/११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले ३१ साउनदेखि ५ भदौसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?