तीन दशक पछि चकलेट किन्न पाइन्छ र ?

एजेन्सी:  चकलेटबाट लोभिने बालबालिका देखि बृद्धसम्म भेटिन्छन् । सहज उपहारको नाममा चकलेट बजारमा सहजै उपलब्ध हुन्छ ।

तर २०५० पछि चकलेट पाउला र? चकलेट किन्न पाइन्छ र ? यस्ता सवालहरूले चकलेटका उपभोक्ता र उत्पादनकर्ता दुबैको चिन्ता बढाइ दिएको छ।

एकातर्फ विश्वबजारमा चकलेटको माग अकाशिदो छ भने अर्कोतटर्फ चकलेट बनाउन चाहिने कच्चा पदार्थको अभावले मूल्य पनि अकाशिने चिन्ता बढ्न गएको हो ।

सन् २०२५सम्म सन् २०१५मा रहेको चकलेटको मूल्यमा दुई गुणा बृद्धि हुनेछ ।

चकलेटको माग बृद्धिमा स्वाद मात्रै कारण नभएर यो खानाले बुढ्यौली ढिला गरी आउने धारणा पनि रहेको छ ।

चकलेटले एन्टिएक्सिडेन्टो काम गर्नेभएकाले यसबाट तनाव कम हुने र रक्तचाप नियन्त्रित गर्न सहयोग गर्ने गरेको छ ।

विश्वभर उत्पादन हुने चकलेटको आधा हिस्सा पश्चिमी युरोप र उत्तरी अमेरिकाले चट गर्ने गरेको छ ।

स्विट्जरल्यन्डमा २०१७मा प्रतिव्यक्ति ८ किलोको दरले चकलेटको खपत भयो ।

चकलेटको मामिलामा अहिले पनि विकसित देश नै अगाडि रहेका छन् । आउँदा दिनमा यो अन्यत्र सर्न सक्ने सम्भावना देखिन्छ ।

एक अर्ब भन्दा बढी जनसंख्या भएका दुई देश चीन र भाारतमा चकलेटको बजार तीव्रगतिमा विस्तार भइरहेको छ ।

२०१६मा भारतमा २ लाख २८ हजार टन चकलेटको खपत भएको थियो । यो २०११को तुलनामा ५० प्रतिशतले बढेको थियो ।

८०को दशकमा चीनमा आर्थिक सुधार हुन अघिसम्म चकलेट एक दुर्लभ वस्तुको रूपमा थियो । अझ पनि  चकलेटको प्रतिखपतको आधारमा चीन अरू देशको तुलनामा पछाडि नै छ ।

चीनमा प्रतिव्यक्ति चकलेटको खपत १ किलो भन्दा कम छ ।

चीनमा चकलेटको बजार विस्तारले अलिबाबाजस्ता अनलाइन खुद्रा कम्पनीलाई बिजेनेस मोडल फेर्न बाध्य पा-यो ।

चकलेट बनाउन चाहिने कोकोको उत्पादन आवश्यक माग भन्दा कम भइरहेको छ ।

उष्णकटिबन्धीय आद्र जलवायु क्षेत्रमा कोकोको रूखलाई वर्षा वनको रूखहरूको छायाँ आवश्यक हुन्छ । यस्तो कृषि क्षेत्रको अभाव हुन थालेपछि उत्पादनमा कमी हुन थालेको हो ।

कोको उत्पादन मुख्यरूपमा पश्चिमी अफ्रिकी देशहरू छन् ।

कोको उत्पादनको आधा हिस्सा आइभरी कोस्ट र घानाले नै ओगटेका छन् ।  

अर्कोतर्फ वनस्पतिको रोगले पनि कोकोको उत्पादनमा समस्या उत्पन्न गराइरहेको छ ।हरेक वर्ष ३० देखि ४० प्रतिशत कोको नस्ट भइरहेको छ ।

आइभरी कोस्टले वनस्पति रोगका कारण १ लाख हेक्टरको कोको नस्ट गर्ने घोषणा गरेको छ । यो क्षेत्रमा फेरि कोकोको रूख लगाउन कम्तीमा ५वर्षको समय लाग्ने छ ।

कोकोको मूल्यमा भइरहने उतारचढावले यसका किसानहरूलाई समस्या थप्ने गरेकाले किसानहरूले कोकोको खेती गर्न अरूचि देखाइरहेका छन् ।

इन्डोनेसिया विश्वको तेस्रो ठूलो कोको उत्पादक देश हो । यसको उत्पादन पनि २०१० देखि निरन्तर घटदै गएको छ ।

कोकोको आमदानी राम्रो नभएपछि यहाँका किसानले मकै ,रबर र पाम आयलको खेती गर्न थालेका छन् ।

कोको उत्पादक देशहरूलाई यो अवस्थाले सतर्क बनाएको छ ।

घाना विश्वमा दोस्रो ठूलो कोको निर्यात  गर्ने देश हो । घानाले चीनको बजारलाई एक ठूलो अवसरको रूपमा लिएको छ ।

उत्पादन बढाउन घानाले चीनको एक्सिम बैंकसँग डेढ अर्ब अमेरिकी डलर बराबरको कर्जा लिएको छ ।

मध्यपूर्व र अफ्रिका पनि चकलेट उत्पादकहरूका लागि महत्वपूर्ण भइरहेका छन् ।

संयुक्त अरब इमिरेट्स र साउदी अरबमा चकलेटमा हुने प्रतिव्यक्ति खर्च क्षेत्रीय औसत भन्दा धेरै बढी रहेको छ ।

अमेरिकामा कोकोको विकासका लागि चकलेट निर्माता कम्पनी रिग्ले कन्फेक्शनरीले एक अर्ब अमेरिकी डलरको कोष निर्माण गरेकोे छ ।

मोन्डेलेज इन्टरनेशनलले पनि कोकोको सुरक्षाका लागि २०१२देखि कोको लाइफ क्याम्पेन शुरू गरेको छ । तर किसानलाई गरिबीबाट निकाल्न यी प्रयासहरू पर्याप्त छैन् ।

आइभरी कोसटमा युटीजेडबाट प्रमाणित किसानले वर्सेनी ८४ युरो देख १३४ युरोसम्म आमदानी गरिरहेका छन् ।

यस्तोमा कोको उत्पादन गर्ने किसान यो खेतीमा लागिरहनेमा शंका व्यक्त गर्न थालिएको छ । कोको उत्पादन नै नभए चकलेट कहाँबाट उत्पादन हुने ?

भइहाले पनि चकलेट आम मानिसको पहुँचबाट बाहिर हुने देखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?