काठमाडौं । स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिजलाई पक्राउ परेका छन् । जातीय विभेद तथा उनिहरुको कला, संस्कृति तथा लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य प्रस्तुत गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका अपूर्व क्षितिज सिंहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार सिंहले केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यङ्ग गरिएको थियो ।
सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैबीच, सिंहले माफी माग्दै युट्युबबाट भिडियो हटाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया