सरकारसँगको सहमति कार्यान्वयन नभए सडक संघर्षमा जाने नेकपा बहुमतको चेतावनी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएको छ । आइतवार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना बहुमत पार्टीले सरकार सहमति कार्यान्वयनमा गम्भीर नभएको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले सरकार तीन बुँदे सहमतिबाट पछाडि हटेको आरोपसमेत लगाए । उनले तत्कालीन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको बताए । उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षडयन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए ।

उनले भने, ‘वर्तमान देउवा नेतृव्तको सरकार तत्कालीन नेकपा र ओली नेतृत्वको सरकारबीच भएको सहमतिबाट पछि हटेको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले सहमति कार्यान्वयन नगरे हामी सडक संघर्षमा जान्छौं ।’

संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको उल्लेख गरे । उनले सरकारलाई सहमति कार्यान्वयन गरी बन्दीलाई तत्काल रिहा गर्न आग्रह समेत गरे । उनले अहिलेको संसदीय व्यवस्था रहेसम्म जनताका समस्याहरु समाधान हुन नसक्ने समेत बताए ।

उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई आफ्नो पार्टीले बहिस्कार गरेको बताउँदै अहिलेको व्यवस्थामा निर्वाचित हुने प्रतिनिधिले जनतामा समस्या समाधान गर्न नसक्ने बताए । नेकपा (बहुमत) ले नागरिकता विधेयक खारेज गर्न मागसमेत गरेको छ । संयोजक बास्तोलाले भारतीयलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको बताउँदै खारेज गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?