नागरिकता विधेयक विधायन समितिमा पठाइयो

लोकपथ
78
Shares

काठमाडौं । राष्ट्रियसभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाइएको छ ।

आइतवार बसेको दोस्रो राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

यसअघि आइतवार बसेको पहिलो बैठकमा प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रियसभा बैठकमा सुनाइएको थियो ।

उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी हुन् । राष्ट्रियसभाको अर्काे बैठक १६ भदौ बिहीवार दिउँसो २ः५९ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?