राष्ट्रिय सभामा नागरिकता विधेयक फिर्तासम्बन्धी सन्देश सुनाइयो

लोकपथ
0
Shares

काठमाडौं । प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको छ ।

आइतवार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपतिले पठाएको सन्देश वाचन गरेका हुन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित पुनर्विचार गर्न राष्ट्रपति भण्डारीले पुनः संघीय संसदमा फिर्ता पठाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?