भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन सुरु (फोटोफिचर)

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतवार भोटाहिटी क्षेत्रमा बनेको सब–वेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) कै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ । अनुमति नलिई, नक्सा पास विपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।

भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो । महानगरले पैदलयात्रु हिंड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?