पुल्चोकको भाटभटेनी सुपरमार्केट अगाडि पार्किङ, अन्डरग्राउन्ड रित्तै

लोकपथ
0
Shares

काठमाडौं । पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ ।

तर, भाटभटेनीले आफ्नो पार्किङमा ममः स्टल राखेको छ । तलको अन्डरग्राउन्ड पार्किङ रित्तै राख्ने गरेको छ । यो विषयमा भाटभटेनी प्रोप्राइटर मिनबहादुर गुरुङलाई सात–आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् ।

ललितपुर महानगरपालिकाले यसबारे अहिले पनि चासो देखाएका छैनन् । ग्राहकरूको सवारीले सडक जाम हुने गरेको छ । भवन निर्माणका बेला ‘प्लीन्थ लेभल’ छेउको सडकभन्दा तीन फिट माथि पुर्‍याउनु मापदण्डविपरीत भएको र त्यो सर्वसाधारणका लागि खतरापूर्ण रहेको दीक्षित बताउँछन् ।

तस्बिर :सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?