भोटाहिटीका अवैध संरचना हटाउँदै महानगर

लोकपथ
13
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटीको ‘सब वे’ मा रहेका अनधिकृत संरचनाहरु हटाउन थालेको छ । महानगरपालिकाले सो क्षेत्रको अन्डरग्राउन्ड खाली गराउने तयारी गरेको हो । अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन महानगर प्रहरी सो क्षेत्रमा खटिएको छ ।

अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारबाहीको महानगरका मेयर बालेन्द्र शाहले बताएका छन् ।

आइतबार एक विज्ञप्तिमार्फत् वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको जनाएको छ । महानगरले आफ्नो अधिकारभित्र रहेर कानुनसम्मत अनधिकृत संरचना हटाएको बताएको छ ।

आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको छ । पैदलयात्रु हिंड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?