काठमाडौं । गणपति बनस्पति प्रा.लि.द्वारा उत्पादन भई बिक्रीवितरण हुँदै आएको रामदेव तेलले आम सर्वसाधारण एवम् उपभोक्ताहरुसँग अन्तक्र्रिया गर्ने उद्देश्यले लागू गरेकोे श्रीकृष्ण जन्माष्टमी ‘कमेन्ट एण्ड विन’ योजनामा सहभागि भई लक्की ड्रमार्फत् पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
गणपति बनस्पति प्रा.लि.ले आज एक समारोहकाबीच भाटभटेनी सुपरस्टोर नक्सालमा विजेताहरुलाई पुरस्कार वितरण गरेको हो । जस अन्तर्गत प्रतियोगितामा भाग लिई विजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही समान एक कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी भई विजेता हुन सफल जोरपाटी काठमाडौंकी लता शाह तथा बालाजुकी सुस्मिता नेपालले पुरस्कार प्राप्त गरेका हुन् । उक्त विजेताहरुलाई पुरस्कार वितरण रामदेव तेलका बजार प्रबन्धक बिनोद श्रेष्ठले गरेका थिए । रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडियामार्फत् जोडी उत्पादनसँग परिचित गराएकोमा पुरस्कार विजेता लता शाहले धन्यवाद दिएकी छन् ।
यस्तै, गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया