चारवटा प्रदेशमा भारी बर्षा, सतकर्ता अपनाउन आग्रह

लोकपथ
259
Shares

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चटयाङसहित भारी वर्षा हुनेछ।

भारी वर्षाको सम्भावना रहेका ती प्रदेशका भू–भागमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको मौसम विभागले जनाएको छ।

मौसम बिभागले नदीनाला तथा खहरे खोलामा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?