ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ९५९ सवारी चालकमाथि कारबाही

लोकपथ
143
Shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९ सय ५९ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २ सय ४२ जना, फुटपाथमा पार्किङ गर्ने २ सय १५ जना, अनावश्यक हर्नको बजाउने २ सय ९ जना, तीव्र गतिमा सवारी साधन चलाउने १ सय ९३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना सवारी चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ८३ जना, रातो बत्तीको उल्लंघन गर्ने ७६ जना, लेन उल्लंघन गर्ने ४९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ६० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३० जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?