थारु समुदायलाई लुम्बिनी सरकारको सार्वजनिक बिदा

लोकपथ
21
Shares

दाङ । लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आइतबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो । बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको हो ।

यसैगरी, थारुहरुको चाड अटवारीका अवसरमा दाङ जिल्लाका ४ स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा बिदा दिएका छन् ।

सूर्यको उत्पत्ति भई संसार उज्यालो भएपछि मानवसहित सम्पुर्ण प्राणीहरूको कल्याण भएको मान्यताअनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ । यो थारु समुदायको दोस्रो ठूलो पर्व हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?