राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

लोकपथ
130
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाबाट पारित अन्य केही विधेयकमाथि छलफल हुने कार्यसूची संसद सचिवालय सार्वजनिक गरेको छ । त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाका सचिवले प्रतिनिधि सभामा उत्पत्ति भइ सो सभाबाट पारित भएका बीमा विधेयक, २०७५, पशु स्वास्थ्इ तथा सेवा परिषद् विधेयक, २०७६, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु र राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाएको शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभा समक्ष टेबुल गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रिय सभा सचिवले राष्ट्रिय सभाबाट पारित भइ सन्देशसहित प्रतिनिधि सभामा पठाइएका शपथसम्बन्धी विधेयक, २०७८, तथ्यांक विधेयक, २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६ प्रत्यायन विधेयक, २०७६ विधेयकहरुका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन् ।

सचिव फुयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने छन् ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?