एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

लोकपथ
49
Shares

नेकपा एमाले निर्वाचन परिचालन कमिटीको बैठक आइतबार बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?