अबको वैकल्पिक शक्ति राप्रपा नेपाल हो : कमल थापा

लोकपथ
52
Shares

बर्दिया । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्न जनताले अबको चुनावमा ‘बोल्ड’ निर्णय गर्नुपर्ने बताए ।

‘बेतिथि, विकृति र अन्यायबारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ’, उनले भने । अबको निर्वाचनमा जनताले स्वाधीनता, सुशासन, हिन्दुत्व र समृद्धिको पक्षमा आफूलाई उभ्याउनु पर्ने बताए ।

राप्रपा नेपाल बर्दियाद्वारा आज गुलरियामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रूपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

‘हामी दूरदर्शी योजना, कार्यक्रमसहित जनताको माझमा प्रस्तुत भएका छौं । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक विकास अनि समृद्धि, हिन्दुत्वको रक्षा, भ्रष्टाचार र बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता हो’, उनले भने । थापाले विदेशी प्रभुको इसारामा चल्नेहरूबाट मुलुक र जनताको हित नहुने बताए ।

जिल्ला विकास समितिको सभा हलमा आयोजित कार्यक्रममा नवप्रवेशीको संख्या धेरै भएपछि थापाले खुल्ला प्राङ्गणमा नै पाँच सयभन्दा बढीलाई टीका लगाउँदै पार्टी प्रवेश गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?