काठमाडौं । यस वर्षको मदन पुरस्कार साहित्यकार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’ लाई प्रदान गरिएको छ । त्यसैगरी जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ ।
८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन् । मदन पुरस्कार गुठीको आज (शनिवार) बसेको बैठकले श्रेष्ठलाई जगदम्बा श्री र लम्सालको कृतिलाई प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि गुठीले २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकमध्ये पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो ।
जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया