एमालेको राजनीतिक प्रतिवेदन पारित, शिक्षकको कुटाइबाट एक छात्रा घाइतेलगायतका खबर आजको लोकपथ टप फिप्टिनमा (भिडियोसहित)

लोकपथ
13
Shares

१. नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्एको जिकिर ।

२. एमाले अध्यक्ष ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीको बैठकद्वारा पारित, पछिल्लो चुनाव हार्नेहरुलाई उम्मेदवार नबनाइने, समानुपातिकमा एक पटक मात्रै अवसर ।

३. आज कुशे औंशी अर्थात बाबुको मुख हेर्ने दिन देशभर धुमधामसँगले मनाइयो गोकर्णेश्वर मन्दिरमा पितृलाई सम्झनेहरुको घुइचो ।

४.निर्वाचनको दिन नजिकिएसँगै निर्वाचनको तयारीमा जुट्यो आयोग, घरघरमा मतदाता शिक्षा दिने तयारी ।

५. संसदको भूमिकाप्रति पूर्वप्रधानन्यायाशीश कल्याणकुमार श्रेष्ठले जनाए असन्तुष्टि, सरकारका सबै अंगहरु र संवैधानिक निकायहरुका काममाथि जनताले प्रश्न उठाउँदा समेत संसद र सांसदहरुले कुनै काम गर्न नसकेको आरोप ।

६.गठबन्धनमार्फत एकसय सिटभन्दा कम लिएर निर्वाचनमा जान नसकिँने नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाको भनाइ, देश प्रतिकूल अवस्थामा रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानू परेको प्रष्ट ।

७.महोत्तरीमा शिक्षकको कुटाइबाट ६ कक्षामा पढ्ने एक छात्रा घाइते, बाँसको लठ्ठीले पिटाइ खाएकी आरतीकुमारी महराको उपचार हुँदै ।

८. विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउनुपर्नेमा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको जोड, विदेशीहरूलाई पनि नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह ।

९.चुनावपछि मुलुक नयाँ दिशामा जाने सहरी विकासमन्त्री मेटमणि चौधरीको दाबी, संविधानविरोधी तत्वहरुबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको २ हजार ८ सय ३९ परीक्षणमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ६९ जना संक्रमण मुक्त ।

११. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू, सामान त्रिभुवन विमानस्थलबाट भन्दा भैरहवाबाट विदेश निर्यात गर्न सहज ।

१२. पाकिस्तानमा आएको जुनदेखि आएको मनसुनी वर्षा र बाढीबाट ९०० भन्दा बढी मानिसको मृत्यु, ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित ।

१३. दक्षिण कोरियाद्वारा विश्वकै सबैभन्दा कम प्रजनन दर रेकर्ड, अघिल्लो वर्ष शून्य दशमलब ८४मा रहेको जन्मदर यसवर्ष शून्य दशमलब ८१ मा झर्यो ।

१४. इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस भिड्दै, दुवै टोली एक अर्कालाई हराउदै अंक तालिका सुधार्ने दाउमा ।

१५. घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि नेपालले गर्यो टिमको घोषणा, रेनुका नगरकोटी र पुजा राना बाहिरिदाँ रेखा पौडेलको पुनरागमन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?