कोरोना अपडेट : २४ घण्टामा १ सय ७३ जनामा संक्रमण पुष्टि

लोकपथ
117
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय ३९ जनामा गरिएको परीक्षणबाट १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ६ सय ४३ जनामा गरिएको आरटी पिसिआर बाट ६५ जना र २ हजार १ सय ९६ जनामा गरिएको एन्टीजेन परीक्षणबाट १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाबाट २४ घण्टामा कसैलेपनि ज्यान गुमाएका छैनन् । ३ सय ९६ जना कोरोना संक्रमण मुक्त हुँदा २४ घण्टामा ४७ हजार १ सय ५२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

अब देशभरमा ३ हजार ६ सय १२ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?