काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउन केन्द्रीय सरकारसँग कुराकानी भइरहेको बताएका छन् । आज (शनिवार) धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन् ।
उनले धरानमा भारतसँगको व्यापार धेरै रहेको उल्लेख गर्दै नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्नेमा भारतको चाहना रहेको जनाए । उनले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको बताए ।
राजदुत क्वात्राले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल वर्षाका कारण केही समय रोकिएको तर चाँडै नै निर्माण हुने प्रतिवद्धता गरे ।
उनले पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्रीय सरकारसँग कुराकानी गरिसकेको दाबी गरे । उनले पुल निर्माण कार्य चाँडै सकिने पनि बताएका छन् ।
राजदूत श्रीवास्तवले नयाँ आयात गहुँ र चिनीमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा पनि छलफल भइरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया