सबै भन्दा धेरै भ्यूज पाएका यी ६ नेपाली गीत

लोकपथ
143
Shares

काठमाडौं । नेपाली गीतहरुले पछिल्लो समय निकै लोकप्रियता कमाइरहेका छन् । हात हातमा इनटर्नेटको पहुँचले पनि पछिल्लो समय गीत संगितहरुले लोकप्रियता पाउन थालेका छन् ।

लोक गीत होस् या पप, रक सबै जोनरका गीतहरु मन पराउने आफ्ना जमात हुन्छन् । क्यासकेट, डिभिडिको युगदेखि हामी अहिले यूट्युबको युगमा आइपुगेका छौँ । अहिले यूट्युबको भ्यूजका आधारमा गीत फ्लप भयो की हिट भनेर हेरिन्छ ।

आज हामी यस्ता नेपाली गीतहरुको चर्चा गर्न गइरहेका छौँ जसले यूट्युबमा सवाधिक धेरै भ्यूज पाएका छन् ।

कुटुमा कुटु सुपारी दाना

कुटुमा कुटु सुपारी दाना बोलको गीत नेपालको सबैभन्दा धेरै भ्यूज पाएको गीत हो । ५ वष अगाडी हाइलाइटस् नेपाल नामक यूट्युब च्यानल मार्फत अपलोड भएको यो भिडियोले यो समाचार तयार पार्दासम्म १ सय ७३ मिलियन भ्यूज पाएको छ ।

भिडियोलाई ६ लाख २५ हजार जनाले लाइक गरेका छन् । गीतमा राजनराज सिवाकोटी मेलिना राई र राजन इसानको आवाज रहेको छ । यो गीत यती लोकप्रिय छ कि हरेक पार्टी, विवाह, भोजहरुमा यो गीत बजेकै हुन्छ ।

माया लुकी लुकी

कार्टुन क्रिउजको गीत माया लुकी लुकीले १ सय २६ मिलियन भ्यूज पाएको छ । १ सय २६ मिलियन भ्यूजसँगै यो गीत नेपालको सर्वाधिक लोकप्रिय गीतहरुको दोस्रो स्थानमा रहेको छ । यो गीतमा टिका परसाईको आवाज रहेको छ ।

पिरिम नलाउने

आषिश गौतम र मेलिना राईको आवाज रहेको यो गीतलाई मानिसहरुले निक्कै मन पराएका छन् । यस गीतले ९४ मिलियन भ्यूज पाएको छ । करिब ३ वर्ष अगाडी ओएस आर नामक यूट्युब च्यानलबाट रिलिज भएको गीतले हालसम्म यूट्युबमा ३ लाख ६९ हजार लाइक पाएको छ ।

साली मनपर्यो

चर्चित संगितकार काली प्रसाद बासकोटाको शब्द रहेको साली मनपर्यो गीतले निकै चर्चा पाएको थियो । अस्मिता अधिकारी र बासकोटाको आवाज रहेको गीतले ९३ मिलियन भ्यूज पाएको छ । घामड शेरे फिल्मको गीतले ४ लाख ४३ हजार लाईक पाएको छ ।

माया बिरानी

मेलिना राई र महेश काफ्लेको श्वर रहेको मायाबिरानी गीतले पनि निकै लोकप्रियता कमाएको छ । ६ मिनेटको उक्त भिडियोमा अभिनेत्री आचल शर्मा, अभिनेता नाजिर हुसेनको अभिनय रहेको छ । यो भिडियोले ८१ मिलियन भ्यूज पाएको छ भने ३ लाख ८२ हजार जनाले भिडियोलाई लाइक गरेका छन् ।

सालको पात

‘सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको, तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको’ नेपालको निकै चर्चित लोक भाका हो ‘सालको पात’ । हर मानिसहरुले यो भाका गुनगुनाउने गरेका छन् । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको आवमा रहेको उक्त गीतले ८० मिलियन भ्यूज पाएको छ । सालको पात गीत ओएस आर डिजिटल नामक च्यानलबाट सार्वजनिक भएको छ ।

त्यस्तै, यसबाहेक नाच फिरिरिले ७८ मिलियन, प्रकाश शपुतको गलबन्दि र तातो गोलीले ५२ मिलियन भ्यूज पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?