काठमाडौं । यो साता पनि नेप्सेमा निकै उतारचढाव देखिएको छ । नियमित कारोबारको लागि नेप्से छ कार्य दिन नैं खुलेको भएपनि चार कार्य दिन लगातार नेप्से सुचक तथा कारोबार रकम घटेको थियो । यसबिचमा दुई दिन नेप्से बढेपनि कारोबार रकममा यसले खासै सुधार ल्याउन सकेन । सोही आधारमा यो साता नेप्से सुचक तथा कारोबार रकम खासै सन्तोषजनक हुन सकेन ।
सो अनुसार नेप्से सातामा २ हजार २२ दशमलव ६२ अंकमा खुम्चिन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३ सय ९१ दशमलव ७४ अंकमा खुम्चिन पुगेको छ । यो साता २ सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट १ लाख ९६ हजार २ सय ७३ पटकको कारोबारमा २ करोड ६१ लाख २ हजार ४ सय ४७ कित्ता शेयर किनबेच हुंदा कुल कारोबार रकम ९ अर्ब ६४ करोड ५३ लाख ९७ हजार ७ सय ५५ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैंयाँले कम हो ।
गत साता १० अर्ब ५० करोड ५० लाख ७३ हजार ८ सय ८० रुपैंयाँ बराबरको रकम कारोबार भएको थियो । कुल २ सय २७ वटा कम्पनीहरुको १ लाख ९२ हजार ४ सय ७७ पटकको कारोबारमा २ करोड ५५ लाख ९१ हजार १ सय २३ कित्ता सेयर किनबेच हुंदा उक्त परिमाणमा रकम कारोबार भएको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा नेप्सेको नियमित कारोबार कक्ष सातामा छ कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, पाँचौं र छैठो दिन नेप्से घटेको थियो भने तेस्रो, चौंथो दिन बढेको थियो ।
सो मध्ये पहिलो दिन सात दशमलव ७२ अंकले घटेर दुई हजार ६० दशमलव ५५ अंकमा झरेको नेप्से दोस्रो दिन पुन सात दशमलव ४१ अंकले घटेर दुई हजार ५३ दशमलव १३ अंकमा खुम्चिएको थियो । तेस्रो दिन भने एक दशमलव ८५ अंकले बढेर दुई हजार ५४ दशमलव ९८ अंकमा पुग्न सफल भएको नेप्से चौंथो दिन पनि दुई दशमलव ८६ अंकले बढेर दुई हजार ५७ दशमलव ८४ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन भने १८ दशमलव २९ अंकले घटेर दुई हजार ३९ दशमलव ५५ अंकमा झरेको नेप्से छैठौं दिन पुन १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा खुम्चिएको थियो ।
यसैगरी पहिलो दिन एक दशमलव ४९ अंकले घटेर तीन सय ९८ दशमलव ५८ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ९७ दशमलव ११ अंकमा झरेको थियो । तेस्रो दिन भने शुन्य दशमलव ५८ अंकले बढेर तीन सय ९७ दशमलव ६९ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पनि शुन्य दशमलव छ अंकले बढेर तीन सय ९८ दशमलव २९ अंकमा चढेको थियो । पाँचौं दिन भने तीन दशमलव ७८ अंकले घटेर तीन सय ९४ दशमलव ५१ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स छैठो दिन पुन दुई दशमलव ७७ अंकले घटेर तीन सय ९१ दशमलव ७४ अंकमा खुम्चिएको थियो ।
यो साता शिवम सिमेन्ट, हिमाल दोलखा हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नेपाल टेलिकम आदिको बढी संख्मा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि पर्न सफल भएका छन् ।
यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता कारोबार रकम
पहिलो दिन २१८ ४३४५५ ५३३९००४ २०४७०९३६८९
दोस्रो दिन २२२ ३१७९५ ५२३०७६३ १७२६२८७४३०
तेस्रो दिन २२२ २७२०२ ४०३१०२५ १३३३५६०८५७
चौंथो दिन २२३ ३३६५७ ३६७८७०५ १५२६१८६२१८
पाँचौं दिन २१९ ३२९४४ ४२३४११७ १७१७४३६७४१
छैठौं दिन २१३ २७१२० ३५८८८३३ १२९४८३२८२०
कुल १९६१७३ २६१०२४४७ ९६४५३९७७५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया