प्लास्टिकका भाँडामा राखिएको पानी पिउन कति योग्य ?

लोकपथ
455
Shares

काठमाडौं । पानी मानव शरीरका लागि नभई नहुने आवश्यक तत्व हो । पानी विना मानव जिवन मात्र नभई प्राणीयुक्त विश्वको कल्पना पनि हामी कल्पना गर्न सक्दैनौं । तर, हामीले पिउने पानीका बारेमा थुप्रै रहस्य बाहिर आएका छन् । जसमध्येको एक हो पानीको म्याद कति समयको हुन्छ ? अर्थात पानी बिग्रन्छ वा बिग्रिदैँन ?

हामीले पिउने पानी कहिलेपनि नबिग्रने एक तथ्यले देखाएको छ । तथ्यका अनुसार पानीको म्याद नसकिने भएपनि पानी राख्ने भाँडाको भने म्याद हुन्छ । हामीले पिउने पानी प्राय जसो प्लास्टिकका बोतलमा राखिएको हुन्छ । जसको प्रभाव सोझै पानीमा र त्यसबाट हाम्रो स्वास्थ्यमा हुन जान्छ ।

त्यसैले, हामीले बजारमा किनेर पिउने पानीमा खराब हुने मिति अर्थात (म्याद) लेखिएको हुन्छ । वास्तवमा त्यो मिति भने पानीको अन्तिम मिति नभई पानी राख्न प्रयोग हुने बोतल अथवा भाँडाको हो ।

कसरी हुन्छ प्रशोधीत पानी पिउन अयोग्य ?

पानी शुद्ध र पिउन योग्य होस् भनेर हामीले कैयौं उपायहरु अपनाएका हुन्छौं । घरमा रहदाँ फिल्टर गरेर, छानेर अथवा उमालेर पानी पिउने गछौं भने घरदेखि बाहिर रहँदा सामान्यतया बजारमा बोतलमा पाईने पानी पिउँछौं । किनकी हामीलाई लाग्छ बोतलमा पाईने पानी शुद्ध र शतप्रतिशत पिउन योग्य हुन्छ ।

त्यसोत, बोतलमा राखेको पानी पिउनै नहुने भने होइन् ? तर, कम्पनीबाट प्रशोधन भएर आएको भनिएपनि बोतलमा पाइने पानीलाई एक स्थानबाट अर्को ठाउँमा लैजाँदा घामको प्रकाश लगायतका तत्वले बोतल तताउने र शुद्धतामा ह्रास ल्याउने गर्दछ । यर्थाथमा भन्ने हो भने तापका कारण पानी राखिएका बोतल अथवा भाँडाबाट केमिकल (रसायनहरु) पानीमा मिल्ने र शुद्धतामा कमी आउँदै जाने हुन्छ । सोही कारण बोतलमा पानीको निश्चित म्याद राखिएको हुन्छ ।

यस्ता छन् फोहोर पानी पिउँदा देखिने समस्याहरु ?

फोहोर पानी पिउँदा पानीको स्वाद मात्र नभई हाम्रो स्वास्थ्य पनि खराब हुन जान्छ । पानीमा हुने बिषाक्त रसायनहरुले गर्दा साधारणदेखि कहिले निको नहुने खालका दिर्घकालिन रोगहरु लाग्न सक्छन् । पानी फोहोर भएमा प्रजनन् समस्या, क्यान्सर, मुटु रोगहरु जस्तै हृदयघात, नसा सम्बन्धी समस्या तथा रोग प्रतिरोधात्मक शक्ती पनि कमजोर हुन जान्छ ।

हामीले दिनहुँ गरिरहेका छौं यस्ता गल्ती ?

हामीले घरमा सफा पानी पिउने प्रयोजनका लागि भनेर प्राय: प्लास्टिकका बोतल तथा भाँडा प्रयोग गरिरहेका हुन्छौं । जसलाई एकपट मात्र नभई लामो समयसम्म प्रयोगमा ल्याईरहन्छौं यसो हुँदा हामीले पिउने पानीमा बिसाक्त रसायनहरु घुल्ने गर्दछन् ।

हामीले गर्ने दोस्रो गल्तीमा प्लास्टिक बोतललाई घाममा वा उच्च तापक्रममा राख्नु पदर्छ जसले गर्दा पिउने पानीको शुद्धतामा ह्रास आउँछ । हामीले बोतलको म्याद हेरेर कमै मात्र प्रयोग गर्ने गर्छौं जसका कारण पानीमा समस्या देखिन थाल्छन् । त्यसैले बोतल तथा प्लास्टिकका भाँडा पुनः प्रयोग गर्नुपूर्व एकपटक त्यसको म्याद हेर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?