कांग्रेसका यी नेता जसलाई समानुपातिक उम्मेद्वार बन्न आफ्नै पार्टी विधानले रोक्यो (सूचिसहित)

लोकपथ
0
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ४० जना नेता समानुपातिक उम्मेद्वार बन्न नपाउने भएका छन् । निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँण, उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु, महिला मन्त्री उमा रेग्मी र राज्यमन्त्री उमेश श्रेष्ठलगायत नेपाली कांग्रेसका ४० नेता समानुपातिक उम्मेद्वार बन्न नपाउने भएका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको नाम सिफारिश गर्दा समानुपातिक प्रणालीबाट सांसद भएकाहरुलाई नदोहोर्याउने परिपत्र गरेपछि गृहमन्त्री खाँणसहितका मन्त्रीहरुले यो अवसर नपाउने पक्का भएको हो ।

eduint on Twitter: "#NepalEarthquake Nepalese Education Minister Chitra  Lekha Yadav: "Teachers are the real stakeholders" http://t.co/KzeAI3ZYXm" /  Twitter

महामन्त्री गगन थापाले गरेको परिपत्रमा समानुपातिक सांसदहरुलाई पुनः नदोहोर्याउने निर्देशन दिइएको छ । कांग्रेसले भदौ ९ गते जारी गरेको परिपत्रमा पार्टीको विधान अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधि सभा वा प्रदेश सभामा पार्टीका तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेद्वार हुन पाउने व्यवस्था नरहेको बताइएको छ ।

Binod Chaudhary's Fortune Rises By $200 million; Climbs up 6 Steps on  Forbes Billionaires List

समानुपातिकबाट उम्मेद्वार बन्न नपाउनेहरु :

१. बालकृष्ण खाँण
२. दिलेन्द्रप्रसाद बडु
३. बहादुरसिंह लामा
४. कर्मा घले
५. उमेश श्रेष्ठ
६. लालकाजी गुरुङ
७. जिपछिरिङ लामा
८. दिब्यमणी राजभण्डारी
९. ज्ञानकुमारी छन्त्याल
१०. प्रमिला राई
११. महेन्द्रकुमारी लिम्बु
१२. हिरा गुरुङ
१३. मिना सुब्बा
१४. किशोरसिंह राठौंर
१५. सत्यनारायण शर्मा खनाल
१६. सूर्यबहादुर केसी
१७. रामबहादुर विष्ट
१८. सुजाता कोइराला
१९. पुष्पा गौतम
२०. डिला संग्रौला पन्त
२१. मिना पाण्डे
२२. उमा रेग्मी
२३. रंगमती शाही
२४. पद्मनारायण चौधरी
२५. पार्वती डिसी चौधरी
२६. नमिताकुमारी चौधरी
२७. मानबहादुर विश्वकर्मा
२८. मीनबहादुर विश्वकर्मा
२९. प्रकाश रसाइली (स्नेही)
३०. सुजाता परियार
३१. लक्ष्मी परियार
३२. बिमला नेपाली
३३. विनोद चौधरी
३४. स्मृतिनारायण चौधरी
३५. नागेन्द्र कुमार
३६. सीतादेवी यादव
३७. चित्रलेख यादव
३८. मिनाक्षी झा
३९. अतहर कलाम मुसलमान
४०. सरवत आरा खान

Sujata Koirala says she will be Nepal Congress' first female president -  Nepal24Hours.com - 'Integration Through Media' Nepal24Hours.com –  'Integration Through Media'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?