सिनेमाघर सञ्चालकहरुको नियतमा खोट देखियाे : प्रदीप खड्का

लोकपथ
182
Shares

काठमाडौं । अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताएका हुन् ।

अभिनेता खड्काले दर्शकको माग आइरहेको अवस्थामा समेत आफूलाई निशाना बनाएर हलहरुले स्थान नदिएको गुनासो गरे । उनले प्रकाशलाई ३ बजेपछिको शोजहरु पनि नदिएको र बिहानको शोहरु पनि नदिएको बताए ।

ठूला हलहरुले नै नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनुपर्ने भएको उनको भनाइ छ । उनले प्रकाश फिल्मको पैसा कमाउने नभइ कर्णालीको कथा देखाउने मुल उद्देश्य रहेको बताए ।

उनले शो नपाए चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने बताएका छन् । अभिनेता खड्काले सिनेघर सञ्चालकहरुको नियतमा खोट रहेको पनि दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?