गोडरेजको क्यास सरप्राईज योजना सार्वजनिक

लोकपथ
78
Shares

काठमाडौं । ६४ वर्षको ईतिहास बोकेको भारतको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यसपटक दशैं तिहारलाई लक्षित गरेर ‘गोडरेजको क्यास सर्प्राइज’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको फाइदा भाद्र ९ गते (बिहीवार)देखि सीमित अवधिका लागि नेपाल अधिराज्यभर उठाउन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मका अधिकतम छुट र आकर्षक उपहारहरु पाउने बताइएको छ । फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ३ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा २ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पाउनुका साथै माईक्रोवेभ ओवनमा आकर्षक छुट पाउन कम्पनीको भनाई छ ।

त्यस्तैगरी, रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ । एसीमा आकर्षक छुट र चार हजार रुपैयाँ बराबरको निःशुल्क एसि जडान सुबिधा पाउन सकिनेछ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?