१. सडक क्षेत्रमा बनेका अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाको सक्रियता कायमै, शुक्रवार महानगरले खाली गरायो त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड, विभागले नक्सा पासबिनै भवन बनाएको खुलासा ।
२. संसदको महाअभियोग सिफारिस समितिले माग्यो निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आरोपका प्रमाण, तीन दिन भित्र प्रमाणपत्र र कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह ।
३. नेपाली कांग्रेसले आजबाट देशैभर सुरु गर्यो ‘जनताको साथमा कांग्रेस’ अभियान, अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेका कामको जानकारी गराउने र गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने ।
४. वैवाहिक अंगीकृतहरुले नागरिकता निश्चित समयावधिको अन्तरालमा पाउनुपर्ने एमालेको निष्कर्ष, चौंथो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल ।
५. कर्णाली प्रदेश सभामा रहेका एघारै जना माओवादीका सांसद मन्त्री बन्दै, हालसम्म ९ जना मन्त्री बन्दा बाँकी दुई सांसदलाई पनि मन्त्री बनाउने तरखरमा माओवादी केन्द्र ।
६. सशस्त्र प्रहरी बलले ब्यारेकहरुमा सञ्चालित मेसमा एलपी ग्याँसको सट्टा विद्युतीय चुलो प्रयोग गर्ने, जसका लागि सशस्त्र प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता ।
७. घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्धामा विशेष अदालतले थाल्यो सुनुवाइ, पाठकमाथि नेपाल इन्जिनियिरिङ कलेजको अनियमितता सम्बन्धि फाइल मिलाउन ७८ लाख रुपैयाँ घुस खाएको आरोप ।
८. निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ राजनीतिक दल दर्ता गर्न निवेदन आह्वान, भदौ १२ गतेसम्म निवेदन दिइसक्नुपर्ने ।
९. कुमारी आमाबाट परिचित निहारिका राजपुतलाई मधेश सरकारले पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, महोत्तरीको जलेश्वरकी निहारिकालाई कानुनी लडाइँका लागि आर्थिक सहयोग गर्ने मधेश प्रदेश मन्त्रिपरिषद्को निर्णय ।
१०. नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ४३ मा ओर्लियो ।
११. यसवर्षको दसैंका लागि ३ हजार खसी बोका काठमाडौं ल्याउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तयारी, खरिदका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन, घटस्थापनादेखि बिक्रि वितरण सुरु गरिने ।
१२. लगातारको बर्षा र बाढी–पहिरोका कारण पाकिस्तानमा राष्ट्रिय संकट घोषणा, देशको सबै शक्ति प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने पाकिस्तान सरकारको निर्णय ।
१३. जापानको राष्ट्रिय प्रहरी एजेन्सीका प्रमुखले दिए पदबाट राजीनामा, पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्यामा सुरक्षा कमजोरी भएको र त्यसको जिम्मेवारी आफूले लिने प्रहरी प्रमुख इटारु नाकामुराको भनाइ ।
१४. फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता क्रममा नेपाल यथावत, नेपाल १ सय ७६ औं स्थानमा यथावत रहँदा, ब्राजिल शीर्ष स्थानमा ।
१५. क्रिकेट खेलाडी संघ नेपाल सीप्यानको नयाँ नेतृत्व चयनका लागि भदौ २५ गते चुनावी साधारण सभा हुँदै, साधारण सभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमिती चयन गर्ने ।
https://www.facebook.com/lokpath/videos/591867429153669
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया