सेन्साईको दशैं योजना : ‘३ को झट्का, दशैंमा उपहारको फड्का’

लोकपथ
39
Shares

काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत दुई भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, तीन भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १० दशमलव २ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् भने बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले यामाहा आर १५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निःशुल्क डेलीभरी पनि प्रदान गर्नेछ । सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन  SENSEI  टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

कम्पनीले यो योजना भाद्र ९ हिजो बिहीवारदेखि सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इओएल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?