‘सिटिजन लिडर्स नाइट २०२२’ को पाँचौं संस्करण सम्पन्न

लोकपथ
7
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको पाँचौं संस्करण २०७९ साल भाद्र ९ गते (बिहीबार) होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।

हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ४८ हजार अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २ सय ७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ३ सय ६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितिमा कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको सुरुवात कम्पनीका अध्यक्षद्वारा कम्पनीको प्रतीक “झण्डा”को विमोचन गरी भएको थियो । कार्यक्रममा मूख्य अतिथिका रुपमा डा.भागवान कोइरालाको उपस्थिति थियो । आफ्नो जीवनका भोगाइहरु व्यक्त गर्दै र सकारात्मक सोचको बारेमा केही कुराहरु राख्दै उँनले आफूले मनदेखि चाहेको खण्डमा केहि कुरापनि असम्भव छैन भन्ने कुरामा जोड दिँदै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे ।

सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहने बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरेका थिए ।

कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पुर्‍याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम् नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।

समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा उहाँहरुलाई गर्व रहेको भावना व्यक्त गरे । यस संस्थाले सधैं आफूहरुलाई धेरै माया गरेको र देशको भरपर्दाे लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वरोजगार भएर जीवन निर्वाह गर्नु भएकोमा बधाईका साथै शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?