गठबन्धनको त्रासबाट भयमुक्त भएर निर्वाचनमा जाने एमाले रणनीति (पूर्णपाठसहित)

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी चाैंथाे केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले एमालेलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने प्रतिवेदनमा औंल्याएका छन् ।

स्थानीय तहको कमजोरीबाट सिक्दै मत रक्षामा विशेष ध्यान दिनुपर्ने ओलीको प्रतिवेदनमा औंल्याइएको छ । त्यसका निम्ति ओलीले पाँच वटा नीति अघि सारेका छन् । पहिलो, मत बदर नहुने गरी मतदातालाई प्रशिक्षण दिने । दोस्रो, निर्वाचन बुथमा आवश्यक समन्वयका निम्ति कार्यकर्ता परिचालन गर्ने। तेस्रो, निर्वाचन आयोगलाई निष्पक्ष चुनावका लागि खबरदारी गरिराख्ने एमालेको रणनीति छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने र यसका लागि सक्रिय रुपमा एमाले सरकारले गरेका कामको प्रचारप्रसार गर्न उनले आग्रह गरे । गठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले मनोवैज्ञानिक भयबाट मुक्त भएर मतवृद्धिका लागि निर्वाचनमा खटिनुपर्ने बताए ।

स्थानीय तहको नतिजालाई आधारमा मानेर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रणनीति बनाउनुपर्ने बताएका अध्यक्ष ओलीले एमालेविरुद्धको घेराबन्दी र षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य रहेको बताए । नेकपा एमालेले सत्ता गठबन्धनको त्रासबाट भयमुक्त भएर निर्वाचनमा जाने रणनीति तय गरेको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिरक्षात्मक मनोविज्ञानलाई तोडेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिवेदनमार्फत् पार्टी पंक्तिलाई निर्देशन दिँदै ओलीले भनेका छन्,‘निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षहरूको सूची बनाएर विगतको कमजोरीलाई नदोहो¥याउने सुनिश्चित गर्नुपर्ने ।’

स्थानीय चुनावमा अपेक्षाअनुसार परिणाम प्राप्त नभएकोप्रति पार्टी पंक्तिमा रहेको निराशाबाट मुक्त हुन ओलीले कार्यकर्तालाई निर्देशन दिएका हुन् । प्रतिकुलताको बीचमा प्राप्त गरेको सफलता, उपलब्धिको जगमा जनतामाझ आत्माविश्वासिलो रूपमा उभिनुपर्ने ओलीको भनाइ छ ।

हेर्नुहोस्, पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?