कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा संक्रमण पुष्टि,एक जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ५ सय १५ जनामा गरिएको कुल परिक्षणमध्ये आरटी पिसिआर विधिबाट १ सय ६३ र एन्टीजेन विधिबाट १ सय ६१ जना गरि ३ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा एक जनाले ज्यान गुमाएका छन् । यो सँगै अहिलेसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ९९ पुगेको छ ।

यस्तै, २४ घण्टाको तथ्यांकलाई हेर्दा सो समयमा १५ हजार ९ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । साथै, ४ सय १८ जना कोरोना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ४३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?