साँखु-दक्षिणकाली रूटमा बाबा गोकर्णेश्वर यातायातले ३० वटा नयाँ बस चलाउँदै

काठमाडाैं : बाबा गोकर्णेश्वर यातायातले साँघु-दक्षिणकाली रूटमा थप ३० वटा नयाँ बस चलाउने भएको छ । 

अागामी मंगलबारदेखि यो यातायात कम्पनीले १० वटा पुरानोसहित ४० वटा बसबाट दक्षिणकालीसम्म यातायात सेवा दिन लागेको हो । 

कम्पनीका ४० वटै बस साँघु-थली-नारायणटार-जोरपाटी-चाबहिलसम्म अार्इपुग्नेछ । त्यसपछि केही बस चक्रपथ-नयाँबसपार्क-बल्खु हुँदै दक्षिणकालीसम्म पुग्नेछ । 

केही बस गाैशालाबाट रातोपुल-रत्नपार्क-कालीमाटी बल्खु हुँदै दक्षिणकाली पुगेर सोही रूटबाट फर्कने कम्पनीले जानकारी दिएको छ । 

अहिले यो कम्पनीले ५० वटा बसमार्फत चक्रपथ र जोरपाटीसम्म यातायात सेवा दिर्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?