महानगरले राहदानी विभागको अण्डरग्राउण्डका सामग्री हटायो (फोटोफिचर)

लोकपथ
130
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयको अन्डरग्राउण्ड खाली गराएको छ ।

महानगरले सडक क्षेत्रमा नक्साविपरीत निर्माण भएका भौतिक संचरना हटाउने कार्यलाई निरन्तरता दिएको हो । केहीदिनयता महानगरका मेयर बालेन्द्र शाह आफै अनधिकृत संरचना हटाउने कार्यमा सक्रिय हुँदै आएका छन् ।

शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा डोजरसहित महानगरका मेयर बालेन्द्र शाह कर्मचारीहरूलाई लिएर संरचना हटाउन पुगेका थिए । महानगरको टोली शुक्रबार त्यहाँ गएर पार्किङ क्षेत्रमा राखिएका कुर्चीसहितका सामग्री हटाएका हुन् । पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि कुर्ची राखेको थियो ।

तर महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नुपर्ने जनाएको छ । महानगरले पार्किङका लागि छुट्याइएका क्षेत्रमा अरु संरचना बनाउने तथा अन्य प्रयोजनका लागि प्रयोग गर्ने गरेको भए हटाउने अभियान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?