काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर अस्पतालले सार्वजनिक गरेको हो ।
यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा तीन खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तीज प्याकेज ६ हजार ६ सय ६६ रुपैयाँमा उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिनलगायतको जाँच हुनेछ ।
यस्तै, नर्भिकले मेमोग्रामसहितको तीज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज नौ हजार नौ सय ९९ रुपैयाँमा खरीद गर्न सकिनेछ । आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबललगायतका अन्य आइटम पनि समावेश छन् ।
नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज सात हजार सात सय ७७ रुपैयाँमा खरीद गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया