मधेश सरकारले निहारिका राजपुतलाई पाँच लाख दिने

लोकपथ
195
Shares

जनकपुरधाम । मधेश सरकारले कुमारी आमाबाट परिचत निहारिका राजपुतलाई पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आफू बलात्कृत भएको र बलात्कारबाट छोरा जन्मिएको भन्दै लामो समयदेखि कानुनी लडाइँमा रहेकी महोत्तरीको जलेश्वरकी निहारिकालाई मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले कानुनी लडाइँका लागि पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । जिल्ला अदालतबाट श्रेष्ठ सफाइ पाएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?