प्रभु क्यापिटलको ग्राहक विशेष अफर, थकाली ग्रुपसँग छुट सम्झौता

लोकपथ
78
Shares

काठमाडौं । प्रभु क्यापिटलले चाँडबाँडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । जसअन्तर्गत प्रभु क्यापिटलले भदौ आठ गते (बुधबार) टी ३ थकाली ग्रुपसँग छुट सम्झौता गरेको हो ।

पछिल्लो समय ग्राहकहरुलाई विभिन्न सेवामा छुट हुने गरि क्यापिटलले भिन्दाभिन्दै संघसस्थाहरुसँग सहकार्य तथा सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । अब प्रभु क्यापिटलका हितग्राही ग्राहकले टि ३ थकाली ग्रुपका बाट सेवा लिँदा १२ प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट तथा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।

सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टि ३ थकाली ग्रुपको एयरपोर्ट, महाराजगञ्ज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार भन्दामाथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?