प्रजातान्त्रिक विचार समाजद्वारा लोकतान्त्रिक योद्धा सम्मानित

लोकपथ
28
Shares

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रजातान्त्रिक आन्दोनलमा योगदान पुर्‍याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गर्दै कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान २०७८ बाट सम्मान गरेको हो ।

त्यस्तै, होमनाथ दाहाललाई लोकतान्त्रिक योद्धा सम्मान २०७९ बाट सम्मान गरिएको छ । दुवै जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्रका साथमा सम्मान गरे । चित्रकार स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेपछि उनकी धर्मपत्नी गंगा चित्रकारले सम्मानपत्र बुझिन् ।

दुवै जनाले मुलुकको प्रजातान्त्रिक आन्दोलन र सामाजिक रुपान्तरणमा योगदान पुर्‍याएकाले सम्मान गरिएको समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?