खोटाङमा एसईई ग्रेड वृद्धि परीक्षामा १ हजार ७३६ परीक्षार्थी सहभागी हुने

लोकपथ
156
Shares

खोटाङ । खोटाङमा माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा २०७८ को तयारी पूरा भएको छ । ११ र १२ भदौमा सञ्चालन हुने परीक्षामा जिल्लाका एक हजार ७३६ परीक्षार्थी सहभागी हुने शिक्षा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए ।

परीक्षाका लागि सरस्वती माबि दिक्तेल, पञ्च माबि दिक्तेल, दिक्तेल इंग्लिस बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुललाई परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने छ । परीक्षा सञ्चालनका लागि सम्बन्धित केन्द्रका प्रअलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

एसईई ग्रेड वृद्धि परीक्षामा जिल्लाका १०० विद्यालयमध्ये ९३ विद्यालयका छात्र/छात्राले परीक्षा दिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?