सिद्धार्थ बैंक र कल्पतरु होटलबीच ग्राहक सेवामा छुट सम्झौता

लोकपथ
78
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपालगञ्जस्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण रानामगर तथा कल्पतरु होटल एण्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक कन्हैयालाल वैश्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्फत् होटल बसाई तथा पेयपदार्थ सेवाको भुक्तानी गर्दा ३० प्रतिशत सम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइट https://www.siddharthabank.com/merchant-offer मा रहेको मार्फत प्रदान गर्दै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?