सानिमा बैंकले ल्यायाे बुवाको मुख हेर्ने दिनमा विशेष छुट योजना

लोकपथ
117
Shares

काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि. (द बाइक फार्म नेपाल) र सोवा हेल्थ केयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग (क्यु आर स्क्यान) बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, कुनैपनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्युआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुने बताइएको छ । बैंकको देशका सातै प्रदेशमा १ सय २७ वटा कार्यालय तथा १ सय २० वटा एटीएम सञ्चालनमा छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?