अनधिकृत संरचना हटाउन कहाँ–कहाँ पुगे बालेन ?

लोकपथ
65
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्साविपरीत निर्माण भएका भौतिक संचरना हटाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरले सडक क्षेत्र नक्साविपरीत निर्माण भएका संरचना हटाउने कार्यलाई तीव्रता दिँदै आएको हो ।

केहीदिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आफै अनधिकृत संरचना हटाउने कार्यमा सक्रिय हुँदै आएका छन् । शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा डोजरसहित महानगरका कर्मचारीहरूलाई लिएर उनी संरचना हटाउन पुगेका थिए ।

महानगरले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको संरचना र नबिल बैंकको न्यूरोड शाखाको संरचना भत्काउने तयारी गरेको छ ।

पार्किङ क्षेत्रसमेत हडपेर व्यापार गरिरहेका क्षेत्रमा काठमाडौंका मेयर बालेन तीन दिनयता आफैं उपस्थित छन् । नक्सा बोकेर घरधनी तथा पसलेहरुसँग उनी बहस गरिरहेको देख्न सकिन्छ । हजारौं घरहरुमा एउटै व्यक्ति पुग्न कति समय लाग्ला भन्ने प्रश्नहरु उठिरहेका छन् । बालेनले यसको जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?